close

१ किलोवाटको लघु जलविद्युत् २७ वर्षमा बलेपछि...

१ किलोवाटको लघु जलविद्युत् २७ वर्षमा बलेपछि...

Trulli
ADVERTISEMENT

बाँके । करिब १२ सय वाट क्षमताको बिजुली बनाउन कति वर्ष लाग्छ ? चाहियो भने वर्ष होइन, महिनामा निर्माण सम्पन्न गरेर वितरण गरी सकिन्छ । तर, नरैनापुर  गाउँपालिकामा पूरै २६ वर्ष कुर्नु पर्‍यो । 

यो धेरै ठूलो लगानी र परियोजना भएर होइन । गर्ने हिम्मत र सोच नपुगेरमात्रै समयमा बन्न नसकेको हो । २६ वर्ष अघि निमार्ण सुरु गरिए पनि बत्ती आएन । बत्ती ल्याउनका लागि भनेर हालेको पोलहरु पनि २४ वर्ष अघि नै ढलिसकेका थिए । 

जब कोरोनाका कारण आक्रान्त बन्यो । त्यसपछि स्थानीय तहलाई बिजुली बनाउनैपर्ने बाध्यता आइलाग्यो । संक्रमितला२ बचाउनको लागि अस्पताल सञ्चालन गर्नुपर्‍यो । अस्पताल सञ्चालनका लागि बिजुली अनिवार्य थियो । त्यसैले तातिए गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह ।

उनी भन्छन्, ‘सिमापारी बत्ती भए पनि नेपालमा बत्ती थिएन । कोरोना हाम्रो लागि धेरै नै चुनौतीपूर्ण बन्यो । विभिन्न विवादहरू थिए । तर जसरी नि बनाउछु भनेर लागेँ । सफल पनि भएँ ।’ 

त्यतिबेला कारोनाको हब नै बनिसकेको थियो नरैनापूर । करिब १३ सय जना क्वारेन्टाइनमा थिए । उनी थप्छन् ‘सिडियो साबले बत्ती ल्याउन सहयोग गर्नुभयो । समुदाय पनि हामीसँगै मिलेर काम गर्‍यो । सबैजना मिलेर हामीले २७ दिनमा बत्ती ल्यायौँ ।’ 

बत्ती लैजादैँ गर्दा बाटोमा पनि ठाउँठाउँमा विवाद भयो । तर उनले २४ घण्टामा विवाद मिलाएर काम अघि बढाए ।  कोभिडको समयमा दिन रात नभनी उनले काम गरे । दिनमा १९ घण्टासम्म काम गरेको उनले सुनाए । उनका अनुसार अहिले टोलटोलमा बत्ती पुगेको छ । ८० प्रतिशत विद्युत् जडानको काम पुगेको छ ।

त्यस्तै,  शैक्षिक सुधारका लागि  टोलटोलमा बाजा बजाएर बालबालिकालाई पढाउनको लागि जनचेतना जगाउने काम गरे । अहिले विद्यलायमा विद्यार्थी बढेका छन् ।