close

चट्याङ लागेर दम्पतीको मृत्यु

चट्याङ लागेर दम्पतीको मृत्यु

Trulli
ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । 

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको हो ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 

केही दिनअघि दाङमा दुई जना र रौतहटमा तीन जना महिलाको चट्याङ लागेर मृत्यु भएको थियो ।