close

अस्थायी आवास निर्माणका लागि अझै पाएनन् राहत रकम

अस्थायी आवास निर्माणका लागि अझै पाएनन् राहत रकम

Trulli
ADVERTISEMENT

जाजरकोट– नलगाड नगरपालिकाका भुकम्प गएको डेढ महिना नाघिसक्दा पनि आधाभन्दा बढीले राहत नपाउँदा पीडितहरू थप मारामा परेका छन् । प्रभावितले डेढ महिना बित्दा पनि अस्थायी आवास निर्माणका लागि राहत रकम नपाएका हुन् । नगरपालिकाले भुकम्पबाट पूर्ण तथा आंशिक रुपमा क्षति व्यहोरेका भुकम्प पीडितको पहिचान गरेको छ तर राहत रकम भने वितरण भएको छैन । 

नगरपालिकाले अस्थायी आवासको लागि पालिकाभर आठ हजार ९७ परिवार रहेको जनाएको छ । सो मध्ये ३ हजार ७२१ परिवारसँग भने राहत रकम वितरणको लागि सम्झौता भने गरिएको बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले जनाएको छ । 

यस्तो छ वडागत रुपमा लाभग्राहीको अवस्था 

नलगाड नगरपालिकामा वडा नम्बर १ मा अस्थायी आवास निर्माण आवश्यक रहेका ९८४ लाभग्राही छन् । जसमध्ये ५०० लाभग्राहीसँग नगरपालिकाले राहत उपलबध गराउन सम्झौता गरेको छ । वडा नम्बर २ मा ४७७ लाभग्राहीमध्ये ३२० सँग सम्झौता गरिसकेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ३ मा ६७४ लाभग्राहीमध्ये ४०९ सँग सम्झौता भएको, वडा नम्बर ४ मा ४५१ लाभग्राहीमध्ये ३५० सँग सम्झौता भएका, वडा नम्बर ५ मा ९५१ मध्ये ३०० लाभग्राहीसँग सम्झौता भएको, वडा नम्बर ६ मा ६६९ मध्ये ३६७ लाभग्राहीसँग सम्झौता भएको छ । 

यस्तै, वडा नम्बर ७ मा ६३८ मध्ये ४०० परिवारसँग, वडा नम्बर ८ का ९१३ लाभग्राहीमध्ये ३०० सँग, वडा नम्बर ९ का ५५६ लाभग्राहीमध्ये ४०० सँग, , वडा नम्बर ११ मा ३७४ मध्ये २४४ लाभग्राहीसँग सम्झौता भएको, वडा नम्बर १२ मा ५५१ घरधुरी मध्ये ३७५ सँग र वडा नम्बर १३ मा ४८१ लाभग्राहीमध्ये ३५० लाभग्राही सँग राहत रकम वितरणका लागि सम्झौता भएको छ । यस्तै वडा नम्बर १० मा ३७८ लाभग्राही रहेको तथा राहत रकम वितरणका लागि सम्झौता गर्न बाँकी रहेको सूचनामा उल्लेख छ ।