close

बुटवल उपमहानगरपालिकाले गर्‍यो इन्धन र मोबाइल खर्च कटौती

बुटवल उपमहानगरपालिकाले गर्‍यो इन्धन र मोबाइल खर्च कटौती

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवल उपमहानगरपालिकाले इन्धन र मोबाइल खर्च कटौती गरेको छ ।

आइतबार बसेको बुटवल नगर कार्यपालिका बैठकले कर्मचारीले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए । 

नगरको खर्चमा मितव्ययी हुन यस्तो  निर्णय गरिएको मेयर पाण्डेयले बताए ।

बैठकले दुई अर्ब लागतमा बुटवल–१५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्य सञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको जानकारी दिए ।