close

केराबारीको कार्यपालिका बैठक सम्पन्न

केराबारीको कार्यपालिका बैठक सम्पन्न

Trulli
ADVERTISEMENT

मोरङ-  केराबारी गाउँपालिका कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सुमन मिरिचिङको अध्यक्षतामा मंगलबार बैठक सम्पन्न भएको हो । 

गाउँपालिकाको प्रवक्ता नारायणप्रसाद भुजेलका अनुसार बैठकबाट दुई निर्णय पारित गरेको छ । कार्यपालिका बैठकले केराबारी गाउँपालिकाको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि २०८० स्वीकृत भएको उनले पालिकाखबरलाई सुनाए । 

कार्यपालिका बैठकबाट केराबारी गाउँपालिकाको समग्र पर्यटन विकास गुरुयोजना सम्बन्धी प्रारम्भिक छलफल भएको उनले सुनाए । बैठकमै कार्यपालिका सदस्यलाई समग्र पर्यटन विकास गुरुयोजना निर्माण सम्बन्धमा छलफल तथा अन्तरक्रियासमेत गरेको उनले बताए ।