close

छथरको कार्यपालिका बैठक सम्पन्न, के-के भए निर्णय ?

छथरको कार्यपालिका बैठक सम्पन्न, के-के भए निर्णय ?

Trulli
ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाको अध्यक्षतामा बुधबार बैठक सम्पन्न भएको हो । 

बैठकमा गाउँपालिकाको स्थापना दिवसको तयारी र विद्यालयको सुधारको कार्यक्रमबारे छलफल गरिएको पालिकाका प्रवक्ता टेकबहादुर तामाङले बताए । उनका अनुसार गाउँपालिकाले यही फागुन २७ गते सातौँ स्थापना दिवस मनाउँदैछ । ‘स्थापना दिवसका लागि उपसमिति तयार भएको थियो । सो समितिले गरेको कामको रिपोटिङ गर्ने काम भयो,’ उनले भने सो समितिले निर्णयसमेत प्रस्तुत गरेका थिए । 

राष्ट्रपति शैक्षिक सुधार २०८१/८२का लागि विद्यालयको भवन निर्माण र प्राविधिक निर्माणको लागि सिफारिस गरिएको उनले सुनाए । कार्यक्रमको लागि चुलाचुली मावि, सरस्वती मावि र महाकाली माविलाई भवन निर्माण र  शारदा आधारभूत प्रावि, भिमेश्वर आधारभूत विद्यालय, दिव्यश्वरी आधारभूत विद्यालयलाई सिफारिस गरिएको उनले बताए । आगामी कार्यपालिका बैठक फागुन ३० गते बस्ने निर्णयका साथ बैठक सम्पन्न भएको उनले पालिकाखबरलाई जानकारी दिए ।