close

१० योजनाको लागि कार्यपालिकाको निर्णय

१० योजनाको लागि कार्यपालिकाको निर्णय

Trulli
ADVERTISEMENT

भोजपुर- रामप्रसादराई गाउँपालिकाको कार्यपालिका बैठकले नबप्रवर्तनमा आधारित स्थानिय आर्थिक विकास कार्यक्रमसम्बन्धी निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार बसेको कार्यपालिका बैठकले विकास कार्यक्रमसम्बन्धी निर्णय गरेको हो । 

गाउँपालिकाका अनुसार कार्यपालिका बैठकबाट वडा नम्बर २ मा  पाक्माखाम हाटबजार स्थापना र पूर्वाधार निर्माणका लागि ९ लाख ३५ हजार रुपैयाँ, कृषिजन्य वस्तु संकलन केन्द्रका लागि ९ लाख ३५ हजार रुपैयाँ, खोक्शिक हाटबजार स्थापना र पूर्वाधार निर्माणका लागि ९ लाख ३५ हजार रुपैया र सामुदायिक गोदामघर तथा संकलन केन्द्र निर्माणका लागि ९ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । 

यसैगरी, वडा नम्बर १, ३ र ७ मा आर्थिक सचेतना कक्षा सञ्चालनका लागि ७ लाख ५० हजार रुपैयाँ,  फलफूल उत्पादनका लागि ७ लाख ५० हजार रुपैयाँ, व्यवसायिक मौरीपालनका लागि सात लाख ५० हजार,  तरकारी तथा बीउ बिजन उत्पादनका लागि सात लाख ५० हजार रुपैयाँ, सीप विकास तालिम पाँच लाख २५ हजार रुपैयाँ र व्यवस्थापन खर्च दुई लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सो निर्माण कार्यको लागि गाउँपालिकाबाट बजेटको थप १५ प्रतिशत लागत साझेदारी हुने गाउँपालिकाले जनाएको छ ।