close

मिक्लाजुङको १३ औँ गाउँसभा सम्पन्न

मिक्लाजुङको १३ औँ गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकाको १३ औँ गाउँसभाको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्ष बबिकुमार राईका अध्यक्षतामा मंगलबार पालिकाको कार्यपालिका भवनमा बैठक सम्पन्न भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताको अनुसार करिब ८० प्रतिशत जनप्रतिनिधिको सहभागिता रहेको सो बैठकले विभिन्न कानुन तथा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरी सम्पन्न भएको हो । गाउँसभाबाट चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन, संगठन तथा व्यवस्थापनसम्बन्धीको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको उनले पालिकाखबरलाई सुनाए । 

गाउँसभाबाट आवधिक योजना, बजेट तथा कार्यक्रम संशोधन, अन्तिम लेखा परिक्षण, न्यायिक समितिको प्रतिवेदन र आर्थिक ऐन पहिलो संशोधित २०८० पारित गरेको छ । यसगरी गाउँसभाबाट नदीजन्य पदार्थ उत्खनन्को लागि ठेक्का आव्हानसम्बन्धी व्यवस्था, जग्गा प्राप्ती र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको योजना पारित भएको उनको भनाइ छ ।