close

सात दिनभित्र मेलमिलापकर्तालाई सूचीकृत हुन काठेखोला पालिकाको अनुरोध

सात दिनभित्र मेलमिलापकर्तालाई सूचीकृत हुन काठेखोला पालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । बागलुङको काठेखोला  गाउँपालिकाले पालिकाका विवाद निरुपणका लागि मेलमिलापकर्तालाई  सूचीकृत हुन अनुरोध गरेको छ । मेलमिलापको माध्ययमबाट सामुदायिक विवाद निरुपणका लागि पालिकाले सात दिनभित्र सूचीकृत हुन अनुरोध गरेको हो । 

‘यस गाउँपालिकाको बस्तीहरुमा हुने सामुदायिक विवादहरुलाई मेलमिलापको माध्ययमबाट निरुपण गर्न मेलमिलापकर्ताको सूची तयार पार्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता भएका ब्यक्तिहरुले मेलमिलापकर्ताको रुपमा सूचीकृत हुनका लागि यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र यस गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ । 

मेलमिलाप कर्ताको रुपमा सूचीकृत हुनका लागि कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको, कुनै राजनीतिक दलमा आबद्ध तथा सक्रिय नरहेको, स्थानीय स्तरमा समाजसेवी पहिचान बनाएको, मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिई मेलमिलापकर्ताको कार्य गर्दै आएको, २५ वर्ष पूरा भएको, र नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्ने पालिकाले जनाएको छ । 

साथै, बायोडाटा र पासपोर्ट साइजको फोटो आवश्यक रहेको जारी सूचनामा उल्लेख छ ।