close

केराबारी कार्यपालिका बैठकले गर्‍यो आधा दर्जनभन्दा बढी निर्णय

केराबारी कार्यपालिका बैठकले गर्‍यो आधा दर्जनभन्दा बढी निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । मोरङको केराबारी गाउँपालिकाको कार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालनका आवश्यक विभिन्न निर्णय गरेको छ । 

सोमबार बसेको कार्यपालिकाको बैठकले नगरप्रहरी गठन सञ्चालनसम्बन्धी कार्यविधि,२०७९,स्थानीय कर संकलन गर्नेलगायत निर्णय गरेको हो । 

गाउँपालिका वडा नम्बर ८र १०मा घरनक्सा इजाजत तथा अभिलेखीकरण अभियान सञ्चालन हुने भएको छ । 

गाउँपालिका टोलविकास संस्थाको गठन तथा सञ्चालन कार्यविधि २०७५ प्रथम संशोधन पारित गरी सबै वडामा टोल विकास संस्था दर्ता अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । 

वातावरणमैत्री स्थानीय शासन प्रारुप,२०७८ अन्तर्गत वातावरणमैत्री तथा वडाहरूमा निर्माण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि चालू आवमा वडा नम्बर १ र २ छनोट गरी कार्यक्रम सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।