close

मेलमिलापकर्तामा सूचीकृत हुन सुनछहारीको अनुरोध

मेलमिलापकर्तामा सूचीकृत हुन सुनछहारीको अनुरोध

Trulli
ADVERTISEMENT

रोल्पा । सुनछहारी गाउँपालिकाले मेलमिलापकर्तामा सूचीकृत हुन अनुरोध गरेको छ। गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै मेलमिलापकर्तामा सूचीकृत हुन अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार मेलमिलापसम्बन्धि आधारभूत तालिम लिएका व्यक्तिहरु सूचीकृत हुन पाउनेछन् । गाउँपालिकाले सूचना प्रकासित गरेको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएके छ । 

पासपोर्ट साइजको फोटो, ४८ घण्टे तालिम लिएको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र नागरिकताको प्रतिलिपिसहित आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।