close

जनप्रतिनिधि र कर्मचारीकै शौचालय नभएपछि विजयनगरको उर्दी- अन्यथा सुविधा रोक्छौं

जनप्रतिनिधि र कर्मचारीकै शौचालय नभएपछि विजयनगरको उर्दी- अन्यथा सुविधा रोक्छौं

Trulli
ADVERTISEMENT

कपिलवस्तु - विजयनगर गाउँपालिकाले शौचालय निर्माण नगर्ने कर्मचारी तथा जनप्रतिनिधिको सेवा सुविधा रोक्का गर्दै आएको छ । गाउँपालिकाको खानेपानी तथा सरसफाई कार्यक्रम कार्यविधि २०७६ अनुरुप शौचालय निर्माण नगर्ने कर्मचारी तथा जनप्रतिनिधिको सेवा तथा सुविधा रोक्का गरेको हो । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख तथा खानेपानी तथा सरसफाई कार्यक्रमका वास संयोजक हरिहर बेल्बासेका अनुसार स्थलगत अनुगमनका क्रममा शौचालय निर्माण नभएको पाइएमा कार्यविधि अनुरुप सेवा सुविधा रोक्का गरिएको हो । गाउँपालिकाले लामो समय पहिले नै 'खुल्ला दिसामुक्त पालिका घोषणा' गरेपनि सो पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले कारबाही गर्न थालेको उनले पालिकाखबरलाई जानकारी दिए । 

टेलिफोनमार्फत सम्पर्कमा आएका उनले हालसम्म गाउँपालिकाले शैक्षिक क्षेत्रका ९ जना कर्मचारी, ५ जना जनप्रतिनिधि र ५ जना अन्य कर्मचारीलाई कारबाही गरेको बताए । सो कार्यक्रम सञ्चालनमा ल्याएसँगै कारबाहीमा परेका कर्मचारीले शौचालय निर्माण कार्य सुरु गरेको उनले सुनाए । ‘एक जना प्रधानाध्यपाक कारबाहीमा परेपछि शौचालय निर्माण गरी प्रयोगमा ल्याइसक्नु भएकाे छ,’  उनले भने,  ‘शौचालयका अनुगमन गरी उहाँको सेवा तथा सुविधा सूचारु गराएका छौँ ।’

जनप्रतिनिधिसँग सुरु गरेको सो कार्यक्रम असोज २ गतेदेखि स्थानीय बासिन्दाको घर/घरमा अनुगमनको लागि जाने उनले बताए ।