close

न्यायिक समितिलाई बजेट छुट्याउन बिर्सिएपछि...

न्यायिक समितिलाई बजेट छुट्याउन बिर्सिएपछि...

Trulli
ADVERTISEMENT

मनाङ - मनाङ ङिस्याङ गाउँपालिकाको न्यायिक समितिमा हालसम्म कुनै पनि मुद्दा दर्ता भएको छैन । दोस्रो कार्यकालको लागि निर्वाचित भएको जनप्रतिनिधि आएसँगै समितिमा हालसम्म कुनै पनि मुद्दा दर्ता नभएको हो । 

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक छिरिङ गुरुङले गाउँपालिकाको क्षेत्र सानो तथा व्यस्त जीवन शैलीका कारण मुद्दा दर्ता नभएको बताए । न्यायिक समितिमा मुद्दा नपर्ने भएकोले बजेट विनियोजन गर्नसमेत विर्सिएको उनले पालिकाखबरलाई बताए । 

उनले ससानो विवादलाई स्थानीय बासिन्दाले नै मिलाउने गरेको उनले सुनाए । उनले भने, 'एरिया सानो छ । विवाद भइहाले पनि स्थानीयले नै मिलाउँछन् । आधिकारिक रुपमै दर्ता गर्नुपर्ने गरी विवाद भएको छैन ।’

न्यायिक समितिको बजेट पनि विकास निर्माण कार्यमा छुट्याएको उनले बताए । समितिको लागि थोरै बजेट राख्नु पर्ने भएता पनि बजेटिङको समयमा धेरै चापले सो विर्सेको उनको भनाइ छ ।