close

२०० घरमा जस्तापाता लगाउँदै झिमरुक 

२०० घरमा जस्तापाता लगाउँदै झिमरुक 

Trulli
ADVERTISEMENT

प्युठान– प्युठानको झिमरुक गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीमध्येबाट छनोट भएका अतिविपन्न गरिब परिवारलाई खरका छाना हटाउन अनुदान दिने भएको छ । 

 

गाउँपालिकाभरका २०० घरधुरीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइन लागेको हो ।

 

झिमरुकका ८ वटै वडाका गाउँबस्तीमा रहेका खर तथा परालको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउने गरी यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष तिलक जिसीले बताए ।

 

उनले भने, ‘छनोटमा परेका लाभग्राहीसँग वडा कार्यालयमार्फत सम्झौता गर्ने काम सुरु गरेका छौँ । आर्थिक अवस्था कमजोर रहेका र पराल र खरको छाना भएका घरधुरीका परिवारलाई यो कार्यक्रममा समावेश गरेका हौँ ।’ चालू आवका लागि १ करोड रुपैयाँ सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत पालिकालाई सरकारले अनुदान उपलब्ध गराएको छ ।

 

झिमरुकको वडा नम्बर १ मा ४८ घरधुरी, २ मा १३, ३ मा ३१, ४ मा १९, ५ मा १०, ६ मा ५५ र ७ मा २४ घर गरी जम्मा २ सय घरधुरीमा जस्तापाता लगाउन थालिएको छ । वर्षौंदेखि खरको चुहिने छानोमुनि बस्दै आएकाले जस्तापाता लगाउन अनुदान पाउँदा खुसी लागेको स्थानीय विष्णु सुनारले सुनाइन् ।