close

पनौतीमा निःशुल्क आँखा जाँच

पनौतीमा निःशुल्क आँखा जाँच

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेपलाञ्चाेककाे पनौती नगरपालिका -५ मा निःशुल्क आँखा जाँच हुने भएको छ ।

पनौती नगरपालिकाले बिहीबार एक सूचना जारी गरी सो जानकारी दिएको हो । 

रेयुकाई एईको मासुनागा आँखा अस्पताल र बनेपाको सहयोगमा आँखा शिविर हुने भएको हो । शिविर नगरपालिका -५ को वडा कार्यालयमा एकदिनका लागि हुने भएको हो । 

साउन १३ गते बिहान ९ बजेदेखि २ बजेसम्म उक्त शिविर हुँदै छ ।