close

महानगरको प्रांगणमा फुटपाथ व्यवसायीको नाराबाजी

महानगरको प्रांगणमा फुटपाथ व्यवसायीको नाराबाजी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा साना फुटपाथ व्यापारीले  नाराबाजी गरेका छन् । महानगरप्रमुखलाई ज्ञापनपत्र बुझाउन खोज्दा वास्ता नगरेको भन्दै साना व्यवसायीले महानगरपालिकाको प्राङ्गणमा नाराबाजी गरेका हुन् ।

महानगरले सहर व्यवस्थापनका नाममा साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथ व्यवसायी आक्रोशित छन् । 

उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैनजस्ता नारा लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका उनीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।