close

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

Trulli
ADVERTISEMENT

तनहुँ ।  व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्न लागेको हो । 
    
आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पु¥याउन लागिएको नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा  तनहुँ पर्दछ ।  व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिए। आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उनले बताए । 

'अब हुने नगरसभाबाट पारित गरी व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिनेछ । वैदेशिक रोजगारसम्बन्धी जोडिएका श्रम र रोजगारसँग सम्बन्धित रिटर्नीको समस्या, उनीलाई स्वरोजगारसँग जोडी आत्मनिर्भर र उद्यमशील बनाउने काम सोही शाखाले गर्नेछ', उनले भने । युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उनले बताए । सामी कार्यक्रम प्रभावकारी र उपयोगी भएको जनाउँदै उनले यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । 

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नाराका साथ व्यास नगरपालिकाद्वारा आयोजित उक्त अन्तक्र्रियामा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सीप नसिकी कोही पनि वैदेशिक रोजगारीमा जान नहुने बताउनुभयो । 'सीप नसिकी, दक्षता हासिल नगरी, नबुझी विदेश जाने दाजुभाइले धेरै दुःख पाउनुभएको छ', उनले भने, 'त्यसैले सीप सिकी दक्ष बनी विदेश जानुपर्दछ ।'