close

सामाजिक सुरक्षा भत्ता वितरण गर्नै कल्याणपुर

सामाजिक सुरक्षा भत्ता वितरण गर्नै कल्याणपुर

Trulli
ADVERTISEMENT

सिरहा । कल्याणपुर नगरपालिकाले बिहिबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका जेष्ठ नागरिक, एकल महिला, शारीरिक रुपमा अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको हो । 

सूचना अनुसार सामाजिक सुरक्षा भत्ता वडागत रुपमा वितरण हुन नगरपालिकाल्े जनाएको छ । नगरपालिकाको अनुसार वडा नम्बर १० सम्म विद्युतीय प्रणालीबाट र माछापुच्छ्रे बैंकमाफर्त भत्ता वितरण गरिने छ । 

सेवाग्राहीले नागरिकताको प्रतिलिपि र चेक लिएर सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।