close

वडाबाटै सामाजिक सुरक्षा भत्ता

वडाबाटै सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

सर्लाही। चक्रघट्टा गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा स्तरबाटै वृद्धवृद्धा, एकल महिला, अशक्त, अपाङ्गता र अन्य लाभग्राहीलाई भत्ता वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बताए।

गाउँपालिकामा आएर भत्ता लिन टाढापर्ने र सास्तीसमेत खेप्नुपर्ने भएपछि वडाबाटै भत्ता वितरण सुरु गरिएको उनले बताए। उनका अनुसार सोमबार पहिलो दिन चक्रघट्टा गाउँपालिका १ शिवनगरमा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । 

बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गाउँपालिकाले जनाएको छ । पैदल वा सवारी साधनमा भत्ता बुझ्न आउँदा वृद्धवृद्धालाई निकै समस्या हुने गरेको गुनासो आएपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको उनको भनाइ छ ।