close

आठराईले अग्नि पिडितलाई राहत प्रदान गर्यो

आठराईले अग्नि पिडितलाई राहत प्रदान गर्यो

Trulli
ADVERTISEMENT

तेह्रथुम। आठराई गाउँपालिकाले अग्नि पिडितलाई राहत प्रदान गरेको छ । शुक्रबार दिउँसो देखि आठराई–६, हात्तिखर्कमा आगो लागिरहेको छ। हालसम्म ३ करोड भन्दा बढीको क्षति, १५ घर जलेर पूर्ण क्षति भएको  र हालसम्म पनि पूर्ण नियन्त्रणमा आइ नसकेको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले प्रति अग्नी पिडित परिवार नगद रू ३०,००० , दैनीक उपभोग्य वस्तुहरू (चामल ५० केजी, दाल १०केजी, आलु ५ केजी, नुन २ केजी, चाउचाउ १ कार्टुन, चिनि २ केजी, चियापत्ती १ प्याकेट, प्याज २ केजी), लत्ताकपडाहरू राहत स्वरूप वितरण गरेको हो। 

आगो निभाउन दमकल, प्रहरीको साथमा  गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र स्थानियवासी खटेकाले आगलागी केही नियन्त्रणमा आएको गाउँपालिकाले जनाएकाे छ। आगामी दिनमाराहतका थप कार्यक्रम ल्याउने गाउँपालिकाको योजना छ।