close

कुम्मायकमा दुई दिन सेवा स्थगन हुने

कुम्मायकमा दुई दिन सेवा स्थगन हुने

Trulli
ADVERTISEMENT

पाँचथर । कुम्मायक गाउँपालिकाले दुई दिन सेवा स्थगन गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आज र भोलि सेवा स्थगन गर्ने जनाएको हो । 

सूचनाको अनुसार गाउँ कार्यपालिकाको कार्यालय योसोक पाँचथरबाट भइरहेको सेवा फागुन १७ र १८ गते व्यवस्थापन गर्नुपर्ने भएकोले सेवा स्थगन गरिएको हो । सो दिन अत्यावश्यकबाहेकको सेवा बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ । 

कार्यालयको व्यवस्थापन गरेसँगै फागुन १९ गतेदेखि नियमित सेवा सञ्चालनमा आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताइन् ।