close

गाउँपालिकाद्वारा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन

गाउँपालिकाद्वारा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन

Trulli
ADVERTISEMENT

म्याग्दी। धवलागिरि गाउँपालिकाले शैक्षिक बेरोजगारलाई लक्षित गरेर लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा मङ्गलबारदेखि सुरु भएको १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने  माध्यामिक शिक्षा परीक्षा  (एसइई) उत्तीर्ण भएका, शिक्षक र लोकसेवा आयोगको परीक्षामा सहभागी योग्य व्यक्तिबाट आवेदन सङ्कलन गरेर तालिममा दिइएको हो ।

सरकारी सेवाप्रति आकर्षण बढाउन र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भने। ‘दश, १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै ‘पासपोर्ट’ लिएर विदेशिने चलनले प्रशासनिक र राजनीतिक क्षेत्रमा हामी पछि परेका हौँ’, उनले भने, ‘निजामती, सेना, प्रहरी र शिक्षक पेसामा संलग्नता बढाउन निःशुल्क तालिम आयोजना गरेका हौँ ।’

सरकारी सेवामा स्थानीय जनशक्ति नहुँदा पालिका र विषयगत शाखामा कर्मचारी तथा शिक्षकको अभाव भएको अध्यक्ष पुनले बताए। तयारी कक्षाका लागि सहरबजारमा जान नसक्ने तर क्षमता भएकाहरूका लागि गाउँपालिकाले आयोजना गरेको तालिम उपयोगी बन्ने प्रमुख प्रशासकीय अधिकृत धुव्र रिजालले जानकारी दिए। 

निरन्तरको मेहनत र हार नमान्ने हो भने लोकसेवा र शिक्षक सेवामा सफल भइने अनुभव उनले सुनाए। तालिममा शिक्षक सेवा र लोकसेवा आयोगको परीक्षालाई केन्द्रित गरेर सैद्धान्तिक विषयमा सहजीकरण गरिने जनाइएको छ ।