close

शिवराजमा मृगौला डाईलोसीसका लागि यातायात सेवा सञ्चालन

शिवराजमा मृगौला डाईलोसीसका लागि यातायात सेवा सञ्चालन

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शिवराज नगरपालिकामा मृगौला पीडितका लागि यातायात सेवा सञ्चलनमा ल्याएको छ । बिहिबार एक समारोहमा नगरप्रमुख अजय थापा र उपप्रमुख शिव कुमारी थारुको सहभागीतामा उदघाटन गरी सेवा सञ्चालनमा ल्याएको हो । 

नगरप्रमुख थापाका अनुसार नगरपालिकाले मृगोला बिरामीको डाइलोसिस गर्नको लागि यातायाता सञ्चालनमा ल्याएको हो । उनले चन्द्रौटा देखि बुढवल, भैरहवा जानका लागि चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो सेवा सञ्चालनमा ल्याएको बताए । सेवा सञ्चालन गर्नको लागि नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको  उनले बताए । 

उपप्रमुख थारुले शिवराज नगरपालिका सदैव नागरिकको हितमा काम गरने बताइन् ।