close

रामप्रसादराईमा गाई, भैंसीका लागि कृत्रिम गर्भाधान सेवा

रामप्रसादराईमा गाई, भैंसीका लागि कृत्रिम गर्भाधान सेवा

Trulli
ADVERTISEMENT

भोजपुर । रामप्रसादराई गाउँपालिकाले गाई, भैंसीको कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पशु सेवा शाखाबाट कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार गाई भैंसीमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा सञ्चालन हुने भएकोले गाई, भैंसी (साढे खोजेको) १२ देखि १८ घण्टाभित्र शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

हाइव्रिड पशु उत्पादन गर्न, हाडनाता प्रजनन रोक्न, प्रजननसम्बन्धि संक्रामक रोगबाट बचाउन र साढे पाल्ने झन्झट हटाउनका लागि पालिकाले सो सेवा सञ्चालनमा ल्याएको जनाइएको छ ।