close

बुटवलको विकास नीति बनाउन धर्मिक संस्थासँग अन्तरक्रिया

बुटवलको विकास नीति बनाउन धर्मिक संस्थासँग अन्तरक्रिया

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाले धार्मिक संघसंस्थासँग अन्तक्रिया गरेको छ । उपमहानगरपालिकाको सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति निर्माण गर्नको लागि धार्मिक संघसंस्थाका व्यक्तिहरुसँग छलफल गरेको हो ।

छलफलमा सहभागी धार्मिक संघसंस्थाका व्यक्तिहरुले धार्मिक सद्भाव कायम राख्नका लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले धार्मिक संघसंस्थाका अगुवाहरुसँग बुधबार गरेको छलफलमा सहभागी वक्ताहरुले धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने बताएका हुन् ।  

उनीहरुले धार्मिक हिसाबले सद्भावपूणर् शहरका रुपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने नीति ल्याउन सुझाव दिएका थिए ।  कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई धार्मिक सद्भाव र धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्ने योजना रहेकाले त्यसैअनुसार मठमन्दिर, विहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक स्थल बनाउने गरी तयार हुन संघसंस्थाका अध्यक्षहरुलाई आग्रह गरे ।

उनले बुटवल ऐतिहासिक र धार्मिक हिसाबले अगुवा शहर भएकाले धार्मिक विश्रामस्थलका रुपमा विकास गर्नका लागि धार्मिक संघसंस्थाहरुले अगुवाई गर्नुपर्ने बताए । उनले धार्मिक संघसंस्थाहरुलाई साथ दिन र सँग लिएर अगाडि बढ्न उपमहानगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले धार्मिक स्थलहरुलाई पर्यटकीय स्थलका रुपमा स्थापित गराउनुपर्ने बताइन् । उनले बुटवलभित्रका धार्मिक संघसंस्थाहरुले धार्मिक एकता र सद्भाव कायम राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने सुनाइन् ।

कार्यक्रममा बुटवलभित्रका मठमन्दिर, धाम, विहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए  ।