close

बुटवलद्धारा स्वयम्सेवक र उपभोक्ता समितिसँग छलफल

बुटवलद्धारा स्वयम्सेवक र उपभोक्ता समितिसँग छलफल

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बिहीबार महिला स्वयम्सेविका, सामुदायिक वन उपभोक्ता समूह र पार्कहरुका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवललाई स्वास्थ्यमा अग्रणी र हरियाली शहरका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

 उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले महिला स्वयमसेविका, पार्क तथा सामुदायिक वन उपभोक्ता समूहका अगुवाहरुसँग छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उपमहानगरका प्रमुख खेलराज पाण्डेयले सबै क्षेत्रका समस्या समाधान गर्दै अगाडि बढ्ने बताए। उनले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै अगाडि बढ्न सबै क्षेत्रको साथ जरुरी रहेको बताए ।

उनले महिला स्वयमसेविकाहरुका समस्यालाई स्थानीय रुपमा समाधान गर्न सकिने र संघ वा प्रदेशबाट समाधान हुने गरी अगाडि बढाउने बताए ।
उनले सामुदायिक वनहरु र पार्कहरुलाई पर्यटकीय स्थल र विश्रामस्थलका रुपमाा विकसित गर्दै जानुपर्ने बताए।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई देशकै अग्रणी शहर बनाउनका लागि सबैको साथ जरुरी रहेको बताइन् । उनले महिला स्वयम्सेविकाका समस्या समाधानका लागि प्रयासरत रहेको बताइन् ।

उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।