close

भीमेश्वरमा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन स्थानीयकरण प्रशिक्षण

भीमेश्वरमा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन स्थानीयकरण प्रशिक्षण

Trulli
ADVERTISEMENT

दोलखा । भीमेश्वर नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन स्थानीयकरण प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो  प्रशिक्षण सम्पन्न भएको हो । 

नगरपालिकाको अनुसार   युएसआइडिको तयार नेपाल परियोजनाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको कार्यपालिका सदस्य, शाखा प्रमुख र प्रतिनिधिहरुलाई   चैत १ देखि ३ सम्म  तीन दिन सञ्चालन भएको हो । 

 कार्यक्रममा नगरपालिकाले विपद्को क्षेत्रमा जनधनको क्षति, भौतिक र सामाजिक  पूर्वाधारको क्षति, वातावरणीय क्षतिको न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना, संस्थागत विकास, समुदायको क्षमता अभिवृद्धि, पूर्वतयारी एवम् प्रतिकार्य योजना लगायतका विषयमा प्रशिक्षण दिएको नगरप्रमुख इश्वरनारायण मानन्धरले बताए । 

उनले  कार्यहरु गर्न जनप्रतिनिधिहरुको संयोजकत्वमा कर्मचारी सदस्य सचिव रहने गरी समयसिमाभित्रमा  अनुगमन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।