close

३ दशक सेवा पुरा गरेका ९१ कर्मचारीलाई कदर पत्र प्रदान

३ दशक सेवा पुरा गरेका ९१ कर्मचारीलाई कदर पत्र प्रदान

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले  ३ दशक सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई बधाई पत्र तथा कदर पत्र वितरण गरेको छ । एक कार्यक्रमको आयोजनामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पालिकामा ३० वर्ष सेवा गरेको ९१ जना कर्मचारीलाई कदरपत्र वितरण गरेका हुन् । 

उनले पैसा कमाउने उद्देश्यले काम गर्ने कर्मचारीले संस्थाको हित भन्दा व्यक्तिगत फाइदामा ध्यान दिने बताए  ।  कर्मचारीहरुमा नैतिकता र इमानदारिताको खाँचो औंल्याउँदै उनले सेवा निवृत्त कर्मचारीहरुले स्वस्थ र सक्रिय जीवन बाँच्न अध्ययनलाई जोड दिई राजनीतिक रुपमा सक्रिय रहनुपर्ने बताए ।

 उनले कर्मचारीहरुको गाँस, बाँस र आवश्यक सुविधाको व्यवस्था राज्यले गर्ने र समाजवादी देशका कर्मचारीहरु देश र समाजप्रति सचेत र समर्पित भएर लाग्ने बताए ।
 
 नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकताले नगरपालिकाको हरेक कार्यक्रम सफलतापूर्वक अगाडि बढिरहेको बताए । वित्तीय अनुशासन, सुशासन र कर्मचारी प्रशासन राम्रो भएको संस्था दिगो र सफल हुने उनले बताए ।