close

बसबरीयाका स्थानीयलाई ग्यासको सिलिण्डर

बसबरीयाका स्थानीयलाई ग्यासको सिलिण्डर

Trulli
ADVERTISEMENT

सर्लाही ।  बसबरीया गाउँपालिकाले वडा नम्बर १ का स्थानीय बासिन्दालाई खाना पकाउने ग्याँसको सिलिण्डर र चुल्हो सेट वितरण गरेको छ । गाउँपालिकाले धुवाँमुक्त गाउँ अभियान अन्तर्गत विपन्न परिवारालाई सिलिण्डर वितरण गरेको हो । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो सामग्री वितरण गरेको जनाएको छ । दाउरा, गुईंठा, पराललगायतका इन्धन प्रयोग गरी खाना पकाउँदा त्यसबाट निस्केने धुँवाले स्वास्थ्यमा असर पर्ने भएकाले स्वस्थ स्वास्थ्यको लागि सिलिण्डर वितरण गरेको गाउँपालिकाका अध्यक्ष रामसिंहास रायले बताए । 

उनका अनुसार २ हजार ७ सय १५ सेट सिलिण्डर र चुल्हो खरिद गरी वितरण गर्न गरिएको हो । उनका अनुसार वडा नं १ का स्थानीयको आवश्यकताबमोजिम वडामा ग्यास र चुल्हो गरी ५३३ सेट माग गरिएको छ । 

 उनले पालिकाको ६ वटै वडामा सो कार्यक्रम सञ्चालन गरिने बताए । आवश्यकताको आधारमा सम्बन्धित वडाले सो सामग्री वितरण गर्न सकिने उनले सुनाए ।