close

सार्वजनिक बस नचलेपछी गाउँपालिकाको ‘टिप्पर सेवा’

सार्वजनिक बस नचलेपछी गाउँपालिकाको ‘टिप्पर सेवा’

Trulli
ADVERTISEMENT

सुर्खेत– चौकुने गाउँपालिकाले स्थानीयलाई टिप्परबाट कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरसम्म पुर्याएको छ । गाउँपालिकाले शनिबारदेखी आफ्नो टिप्परबाट स्थानीयलाई वीरेन्द्रनगरसम्म पूर्याएको हो । 

विगत ४२ दिनदेखी यातायात व्यावसायीले बस सेवा संचालन नगरेकाले टिप्परमा आफै बसेर नागरिकलाई वीरेन्द्रनगरसम्म पुर्‍याएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । 

४२ दिनदेखि पालिकामा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा नआएको र सुर्खेत जिल्लाको सवारी यातायात सञ्चालन गर्ने संयुक्त यातायात व्यवसायी संघलाई यस विषयमा पटक पटक जानकारी गराएको उनले बताए । 

वर्षातका कारण विग्रेको बाटो गाउँपालिकाद्वारा मर्मत सम्भार गरेको तथा यातायात सञ्चालनमा आएपछि बाटो बिग्रेको खण्डमा गाउँपालिकाले मर्मत सम्भार गर्ने भनी पटक–पटक जानकारी गराउँदासमेत यातायातका साधन सञ्चालनमा नआएको उनले गुनासो गरे । 

त्यसैले स्थानीयलाई असुविधा गरेकाले गाउँपालिकाको टिप्परमार्फत सवारी ओसारपसार थालेको उनले बताए । चौकुनेका नागरिकले वीरेन्द्रनगर पुग्न एक सय किलोमिटरको यात्रा गर्नुपर्छ । गाउँपालिकाले बिजौरा र गुटु देखि वीरेन्द्रनगरसम्म निःशुल्क टिप्पर सञ्चालन गरेको हो । आईतबारबाट लगामदेखि वीरेन्द्रनगरसम्म टिप्परमा निशुल्क यात्रा गराउने गाउँपालिकाले जनाएको छ ।