close

सबै स्थानीय तहलाई निर्देशन (!): संविधान दिवसमा सरसफाइ र दीप प्रज्वलन गर्नू

सबै स्थानीय तहलाई निर्देशन (!): संविधान दिवसमा सरसफाइ र दीप प्रज्वलन गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं- गृह मन्त्रालयले असोज २ देखि ४ गतेसम्म भव्यताका साथ संविधान दिवस मनाउन सबै स्थानीय तहलाई निर्देशन (!) दिएको छ । 

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलालाई पत्राचार गर्दै स्थानीय तहभित्रका सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयसँगै शैक्षिक संस्थाहरूलाई संविधान दिवसको अवसरमा कार्यालय र परिसर सरसफाइ गर्ने व्यवस्था मिलाउन निर्देशन (!) दिएको हो । 

साथै असोज २ गतेदेखि ४ गतेसम्म प्रत्येक साँझ दीप प्रज्वलन गर्न सबै स्थानीय तहहरूलाई संघीय मामिला मन्त्रालयले भने अनुरोध गरेको छ । ३ गते साँझ आमनागरिकले पनि घरघरमा दीयो बालेर संविधान दिवस मनाउन मन्त्रालयको अनुरोध छ ।