close

दाहसंस्कार खर्चबापत विपन्नले पाए ५ हजार

दाहसंस्कार खर्चबापत विपन्नले पाए ५ हजार

Trulli
ADVERTISEMENT

धनगढी– धनगढी उप–महानगरपालिकाले दाहसंस्कारका लागि विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । आइतबार वडा नं १८ का स्वर्यीय बुझन चौधरीको परिवारलाई दाहसंस्कारबापत पाँच हजार रुपैयाँ उपलब्ध गराएको हो । 

दाहसंस्कार गर्नुपूर्व चौधरीको परिवारले नगर प्रहरीलाई जानकारी गराएकाले घरमै पु;सिगेर उक्त रकम उपलब्ध गराएको नगरप्रमुख गोपाल हमालले बताएका छन् । दाहसंस्कार गर्नुपूर्व धनगढी उपमहानगरपालिकाको नगर प्रहरीको टोल फ्री नम्बरमा सम्पर्क गरेर जानकारी गराएमा मृतकको घरमै पुगेर परिवारलाई दाह संस्कार खर्च उपलब्ध गराउने गरेको उनले जानकारी दिए । दाहसंस्कार गरिसकेपछी नगर प्रहरीलाई खबर गर्दा सहयोग रकम नपाउने उनले बताए । 

उनको अनुसार हालसम्म १७ विपन्न परिवारलाई दाह संस्कारको लागि सहयोग प्रदान गरिएको छ । उपमहानगरले नवौं स्थापना दिवसको अवसरमा गत भदौ ३१ गते विपन्न परिवारको घरमै पुगेर दाहसंस्कारको लागि सहयोग उपलब्ध गराउने निणर्य गरेको थियो ।