close

विपन्न परिवारलाई गाउँपालिकाकाे साेलार बत्ती

विपन्न परिवारलाई गाउँपालिकाकाे साेलार बत्ती

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसाद राई गाउँपालिकाले विद्युतकव पहुँचबाट टाढा रहेको दलगाउँका तीन परिवारलाई सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन् ।  गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिका-४ दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो ।

पालिकाका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भने, 'सबैतिर बत्ती पुगे पनि हामी अध्याँरोमा बस्न बाध्य थियौँ । पालिकाको सहयोगले हामीलाई राहत मिलेको छ । हामी खुसी भयौँ ।' 

विद्युत्को सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए । 'विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौँ', उनले भने । 
    
विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताए । उनका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दूरी तथा आर्थिक अवस्था कमजोर भएकाले तीन परिवारको घरमा सेवा पुगेको थिएन । 

चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ्गता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका १५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिए । पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ ।