close

राजगढको न्यायिक समितिमा मेलमिलापकर्ता अभाव

राजगढको न्यायिक समितिमा मेलमिलापकर्ता अभाव

Trulli
ADVERTISEMENT

सप्तरी- राजगढ गाउँपालिकाको न्यायिक समितिले हालसम्म ९ वटा विवादको छिनोफानो गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक रेणु देवी मण्डलको नेतृतवमा विवादको छिनोफानो गरिएको हो । 

संयोजक मण्डलका अनुसार समितिमा हालसम्म १६ वटा मुद्दा दर्ता भएका छन् । समितिमा दर्ता भएका विवादलाई छलफल गरेर समाधान गर्ने उनले पालिकाखबरलाई बताइन् । उनले समितिमा सबैभन्दा धेरै जग्गा विवाद, झगडा तथा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता हुने गरेको उनले बताइन् । 

गाउँपालिकामा न्यायिक समिति गठन भई काम गर्दै आएता पनि कर्मचारीको अभावले समस्या भएको उनको अनुभव छ । समितिको लागि कर्मचारीको व्यवस्थापन भएमा काम गर्न सहज हुने उनले पालिकाखबरलाई बताइन् । 

न्यायिक समितिलाई थप व्यवस्थित बनाउनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको उनले बताए ।