close

नवदुर्गाकाे न्याय : १६ वटामध्ये १४ वटा मुद्दाकाे छिनाेफानाे

नवदुर्गाकाे न्याय : १६ वटामध्ये १४ वटा मुद्दाकाे छिनाेफानाे

Trulli
ADVERTISEMENT

डडेल्धुरा– नवदुर्गा गाउँपालिकाको न्यायिक समितीमा हालसम्म १४ वटा मुद्दाकाे छिनाेफानाे गरेकाे छ  । गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितीकी स‌ंयाेजक निर्मला कुमारी वाेगटीको सहकार्यमा विवाद मिलाएको हो ।

उपाध्यक्ष वाेगटीका अनुसार गाउँपालिकाको न्यायिक समितिको संयोजकत्वमा १६ वटा मुद्दा परेका थिए । न्यायिक समितिमा आएका विवादलाई सामान्य छलफलपछि मिलाएर पठाएका र गाउँपालिकाको क्षेत्राधिकार बाहिरको समस्या जिल्ला अदालत पठाउने गरेको उपाध्यक्ष वाेगटीले पालिका खबरलाई जानकारी दिइन् ।

गाउँपालिकाको न्यायिक समितीमा १६ वटा मुद्धा मध्ये १३ वटा मुद्धा मेलमिलाप, २ वटा न्यायिक समितिले मिलाएको र एउटा मुद्दा जिल्ला प्रहरी र जिल्ला अदालत पठाएको उपाध्यक्ष वाेगटीले बताइन् । सबैभन्दा बढी घरेलुहिंसाका मुद्दाहरु आउने गरेको उनले बताइन् । सरकारी अभियोग लागेका मुद्दाबाहेक सबैभन्दा बढी घरेलु हिंसा, योजना विवाद, समसामयिक विषय तथा सामान्य घरझगडा मुद्दाहरु न्यायिक समितीमा मिलाउने उनले पालिका खबरलाई बताइन् ।