close

'हेलो आमा कार्यक्रम'बाट शून्य होम डेलिभरी

'हेलो आमा कार्यक्रम'बाट शून्य होम डेलिभरी

Trulli
ADVERTISEMENT

लमजुङ - दोर्दी गाउँपालिकामा होम डेलिभरीको संख्या घट्दै आएको छ ।  गाउँपालिकाकाे 'हेलो आमा कार्यक्रम' सञ्चालनमा आएसँगै होम डेलिभरीको संख्यामा कमी आएको हो । कार्यक्रमकाे सहयाेगबाट गाउँपालिकामा हाेम डेलिभरी हुनेकाे संख्या लगभग शून्य पुग्न लागेकाे छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक आइतमान गुरुङका अनुसार पालिकाले विगतका वर्षदेखि नै सो कार्यक्रम सञ्चालन गरेको हो । चालु आवमा पनि सो कार्यक्रमको निरन्तरताको लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । 

सो कार्यक्रमबाट स्वास्थ्य मापदण्ड अनुरुप स्वास्थ्य संस्थामा नियमित गर्भ परिक्षण गराउने गर्भवती महिलालाई एक हजार रुपैयाँ बराबराको चना र अण्डा वितरण गर्ने उनले बताए । वर्थिङ सेन्टरबाटै सन्तान जन्माउने आमाले गाउँपालिकाले दुई हजार बराबरको सामग्री वितरण तथा सुत्केरी परिक्षण गराउने महिलालाई एक हजार रुपैयाँको घ्युउ तथा तेल वितरण गर्ने उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार गाउँपालिकाभित्र स्वास्थ्य संस्था वा वर्थिङ सेन्टरमा बच्चा जन्माउन नसकेमा अन्यत्र स्वास्थ्य संस्थामा लैजानको लागि गाउँपालिकाले यातायात खर्च स्वरुप ५०० देखि चार हजार रुपैयाँसम्म उपलब्ध गराउने उनले बताए । सोही कार्यक्रमममार्फत होम डेलिभरी शून्यमा झार्ने लक्ष्य लिएको उनको भनाइ छ ।