close

गाउँपालिकामा पनि जनाउ घण्टीसँगै राष्ट्रिय गान अनि मात्रै सेवा

गाउँपालिकामा पनि जनाउ घण्टीसँगै राष्ट्रिय गान अनि मात्रै सेवा

Trulli
ADVERTISEMENT

मकवानपुर - मकवानपुरगढी गाउँपालिकाले सेवा सञ्चालन गर्नु अघि राष्ट्रिय गान अनिवार्य गरेको छ । गाउँपालिकाले मंसिर ६ गतेदेखि लागू हुने गरी राष्ट्रिय गान अनिवार्य गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीका अनुसार १० बजेसँगै राष्ट्रिय गान गाएर सेवा सञ्चालन हुने गर्दछ । राष्ट्रिय गान गाउनु पूर्व पालिकामा १० बजेको जनाउ घण्टी बज्ने उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार राष्ट्रप्रति सम्मान गर्न र कार्यप्रति एकीबद्धता जाहेर गर्नका लागि गाउँपालिकाले राष्टिय गान अनिवार्य गरेको हो । 'कार्यालय सुरु हुन अघि र पछि जनाउ घण्टी बज्छ,' उनले भने, 'बिहान १० बजेको जनाउ घण्टी बजेसँगै राष्ट्रिय गान बज्छ । र, सबै जना कार्यालयको गेटमा बसेर गाउँछन् ।' 

कार्यालयको कर्मचारीसँगै जनप्रतिनिधि र सेवाग्राहीले पनि राष्ट्रिय गान गाउने उनले सुनाए । राष्टिय गानले कार्यालय जादै छु र सेवाबारे प्रतिबद्धता जाहेर गर्न सक्ने उनको विश्वास छ ।