close

९०० जना कृषकलाई मटिहानीको गहुँ

९०० जना कृषकलाई मटिहानीको गहुँ

Trulli
ADVERTISEMENT

महोत्तरी - मटिहानी नगरपालिकाले गहुँको उन्नत बीउ वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बीउ वितरण गरेको हो । 

नगरपालिकाको नगरप्रमुख हरीप्रसाद मण्डलले एक समारोहमा गहुको बीउ वितरण गरेको जनाइएको छ । नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गहुँको बीउ वितरण गरिएको जनाइएको छ । 

पालिकाभित्रका सबै वडाका ९०० जना कृषकलाई १० किलाग्रामको दरले गहुँको बीउ वितरण गरेको जनाइएको छ । नगरपालिकामा गहुँको उत्पादन बढाउनका लागि सो कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख मण्डलले जनाएका छन् । नगरपालिकाले अनुदानमा ९ हजार केजी बीउ वितरण गरेको जानकारी दिएको छ ।