close

सूर्यगढी गाउँपालिकावासीले नि:शुल्क रगत पाउने

सूर्यगढी गाउँपालिकावासीले नि:शुल्क रगत पाउने

Trulli
ADVERTISEMENT

नुवाकोट– सूर्यगढी गाउँपालिकाका स्थानीयवासीले निःशुल्क रगत पाउने भएका छन् । सोमबार गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी निवाकोट जिल्ला शाखा बीच पालिकाबासीलाई आवश्यक परेको अवस्थामा निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएको हो । 

निःशुल्क रगत उपलब्ध गराउन गाउँपालकाले रेडक्रसलाई दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । सो सम्झौतापछि सूर्यगढी गाउँपालिकाका स्थानीयले आकस्मिक अवस्थामा पालिकाबासी भएको परिचय खुल्ने काजगात गलेर रेडक्रसको नुवाकोट र भक्तपुर शाखाबाट आफ्नो ग्रुपको रगत सहज ढंगले निःशुल्क पाउन सक्ने छन् । सोमबार गरिएको सम्झौता २०८१ असार मसान्तसम्म लागु हुने छ ।