close

"बल्ल गाउँमै सिंहदरबार आएको महशुस भयो"

"बल्ल गाउँमै सिंहदरबार आएको महशुस भयो"

Trulli
ADVERTISEMENT

म्याग्दी- अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्तासँग योजना सम्झौता शिविर सुरु गरेको छ । उपभोक्ताहरू पालिका केन्द्रसम्म आउँदा धेरै दु:ख पाएको हुँदा शिविर चलाएको गाउँपालकाले जनाएको छ । उपभोक्ता समितिलाई सहज बनाउन बैंकसहित वडामै पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ८ बाट सुरु भएको शिविर सबै वडामा सम्पन्न गरेरमात्र पालिका फर्किनेछ । 

गाउँपालिका उपाध्यक्ष दीवाकुमारी तिलिजाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर तथा पालिकाको सरकारी बैंकिङ कारोबार गर्ने प्रभु बैंकका कर्मचारीहरुसमेत टोली पुगेर उपभोक्ता समितिको बैंक खाता सञ्चालन तथा योजनाहरु सम्झौता सुरु गरेको हो । 

‘योजना सम्झौता गर्न पालिका केन्द्र आउँदा सहज यातायात नभएको र एकै दिनमै काम नसकिने समस्याका कारण गाउँपालिकाले योजना सम्झौता शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष भरतकुमार पुनले पालिकाखबरलाई बताए । उनले भने, "उपभोक्ताहरूले बल्ल गाउँमा सिंहदरबार आएको महशुस भयो भनेर धन्यवाद दिएका छन् । मलाई ट्याग गरेर फेसबुकमा पोस्ट पनि गर्दैछन् ।"

वडा तहमा योजना सम्झौता शिविरसँगै उपभोक्ता समितिहरुलाई योजना कार्यान्वयनको नीतिगत व्यवस्था, व्यवस्थापकीय तथा लेखा व्यवस्थापनसम्बन्धी तालिम दिँदै आइएको गाउँपालिकाले जनाएको छ ।