close

धार्चेका १५ जनालाई सिलाइकटाइ मेसिन वितरण

धार्चेका १५ जनालाई सिलाइकटाइ मेसिन वितरण

Trulli
ADVERTISEMENT

गोरखा- धार्चे गाउँपालिका ४ लाप्राकका १५ जनालाई सिलाइकटाइ मेसिन वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच उनीहरुलाई मेसिन वितरण गरेका हुन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रमअन्तरगत उक्त मेसिन वितरण गरिएको हो । सिलाइकटाइ मेसिन तालिम लिएको १५ जनालाई उक्त मेसिन वितरण गरिएको हो । यसमा पालिकाको ८० प्रतिशत र स्थानीयको २० प्रतिशत लागतमा उक्त सामग्री वितरण गरिएको उनले बताए ।

सोही कार्यक्रममा तरकारी खेतीसम्बन्धी तालिम लिएका १८ जना र ब्युटी पार्लर सम्बन्धी तालिम लिएका सात जनालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।