close

नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै  हिलिहाङ

नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै  हिलिहाङ

Trulli
ADVERTISEMENT

पाँचथर– हिलिहाङ गाउँपालिकाले निः शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक र द्धन्द्ध पीडितलाई निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन  गर्न लागेको हो । 

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम अनुसार गाउँपालिकाले लोक सेवा आयोगले लिने परीक्षामा सक्रियतातापूर्वक सहभागी गराउने उद्देश्यले लोक सेवा तयारी कक्षा निशुल्क सञ्चालन गर्न लागेको हो । 

लोकसेवा तयारी कक्षा लिन इच्छुकले  १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । लोकसेवा तयारी कक्षा सञ्चालन गरी सरकारी सेवा प्रवेश प्रतिको सकारात्मक भावना अभिवृद्धि गराउने गाउँपालिकाले जनाएको छ ।