close

तातोपानीका वृद्धवृद्धालाई ग्याँसचुल्हो

तातोपानीका वृद्धवृद्धालाई ग्याँसचुल्हो

Trulli
ADVERTISEMENT

जुम्ला- तातोपानी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई ब्ल्यांकेटदेखि ग्यासचुलो वितरण गरेको छ । 

आगो ताप्न जंगलमा दाउरा पाउन छोडेकाले न्यानो रहन र खाना पकाउन ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट र ग्यासचुलो वितरण गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ । 

तातोपानी गाउँपालिका– २ का वृद्धवृद्धालाई ग्याँसचुल्हो वितरण गरिएको छ भने तातोपानी गाउँपालिका– ६ का ज्येष्ठ नागरिक, एकल महिला, गरिब, विपन्न, अपांगता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

लक्षित वर्ग कार्यक्रमअन्तर्गत तातोपानी– ६ ले वडाका १७० जनालाई कम्बल वितरण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए।

पालिकाको सबैभन्दा दुर्गम क्षेत्र वडा नं ७ र ८ ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा/जाँदा निःशुल्क यातायात सेवाको समेत व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।