close

सैनामैनाका कृषकलाई अनुदानमा कृषि सामग्री

सैनामैनाका कृषकलाई अनुदानमा कृषि सामग्री

Trulli
ADVERTISEMENT

रुपन्देही- सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागितामा यान्त्रीकरण वितरण गरिएको हो ।

सैनामैना नगरपालिका पशु विकास शाखाले एक कार्यक्रमको आयोजना गर्दै बुधबार नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले म्याट ५० पिस, ब्रस कटर १२ पिस र विधुतीय च्यापकट १७ पिस किसानलाई हस्तान्तरण गरेका हुन् ।

चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यावसायिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको पशु विकास शाखा प्रमुख ईन्द्रबहादुर खड्काले बताए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका नगरप्रमुख शर्माले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरिएको बताए । मानवशक्ति कम लाग्ने र सजिलै काम गर्न किसानलाई सहजहोस भन्ने उदेश्यले सामाग्री वितरण गरिएको  उनकाे भनाइ छ। यान्त्रीकरणको प्रयोगका कारण उत्पादत्व वृद्धि गर्न सकिने उनकाे ठम्याई छ । कृषि क्षेत्रको विकासका लागी नगरपालिका सधै तयार रहेको कुरासमेत उनले उल्लेख गरे ।

कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नम्बर ४का वडाअध्यक्ष राम प्रसाद अधिकारी किसानको आवश्कतालाई मध्येनजर गर्दै अनुदानमा आधारित सामाग्री वितरण गरेके बताएका छन् । नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताए ।यान्त्रीकरण सामाग्री पाएसंगै किसानले खुशी व्यक्त गरेका छन् ।