close

बौदीकाली गाउँपालिकाले ११ विपन्न परिवारको घर बनाउँदै

बौदीकाली गाउँपालिकाले ११ विपन्न परिवारको घर बनाउँदै

Trulli
ADVERTISEMENT

नवलपुर- बौदीकाली गाउँपालिकाकाले अति विपन्न परिवारलाई नयाँ घर बनाइदिने भएको छ । पालिका सरकारले आवास योजना अनुसार ६ वटै वडाका अति विपन्न ११ परिवारको घर निर्माण सुरु गरेको हो । 

बौदीकालीले ६ वटा वडामा झन्डै १५० विपन्न परिवारका लागि घर निर्माण गरिदिनुपर्ने देखिएको छ । स्रोत अभावले हाल ११ घरबाट काम थालेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले तयार गरेको आवास योजनाको मापदण्ड अनुसार ४४ वर्गमिटर क्षेत्रमा घर बन्नेछ । लम्बाइ आठ मिटर र चौडाइ चार मिटर हुने घरमा दुई कोठा हुनेछन् । घरको लागत तीन लाख ८० हजार रुपैयाँ पर्ने गाउँपालिकाले जनाएको छ ।