close

उपमेयरसंग दिदी बहिनी कार्यक्रम : जागरुक बन्दै शैल्यशिखरका महिला

उपमेयरसंग दिदी बहिनी कार्यक्रम : जागरुक बन्दै शैल्यशिखरका महिला

Trulli
फाइल तस्बीर
ADVERTISEMENT

दार्चुला– शैल्यशिखर नगरपालिकामा उपमेयरसंग दिदी बहिनी कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीय महिला सचेत भएका छन् । गत आवदेखि सञ्चालनमा ल्याएकाे साे कार्यक्रमले नगरपालिकाभित्रका महिलाहरुलाई आफ्नो अधिकार प्राप्तिबारे जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे छ ।

साे कार्यक्रममा महिला दिदीबहिनीहरुलाई सहभागी गराई जनचेतना दिने गरेकाे नगर उपप्रमुख शान्ति खडायतले जानकारी दिइन्। उनका अनुसार दुर्गम जिल्लाका महिलालाई आफ्नो अधिकारका बारेमा कहाँ गएर बुझ्ने भन्ने समेत थाहा पाएका छैनन् ।

यस्तै, विकट पहाडी जिल्लामा बसोबास गर्ने महिलाहरुलाई आफूले पाउने अधिकार, सेवा सुविधाको बारेमा थाहा नभएपछि जनचेतनाका कार्यक्रम गरेर सचेतना फैलाउने उनले पालिकाखबरलाई सुनाइन् । महिलाले पाउने अधिकारबाट  वञ्चित नहुन भनेर साे कार्यक्रम सञ्चालन गरेको उपप्रमुख खडायतले पालिकाखबरलाई बताइन्।

उक्त कार्यक्रम नगरपालिकाअन्तर्गतका ९ वटा वडामा सञ्चालन गरेको उनले बताइन् । 'गाउँपालिकाले दिदी बहिनीलाई भेला गराइ उनीहरुको समस्या उनीहरुकै आवाजमा राख्ने गरेका छौँ,' उनले भनिन् । आफ्नो तर्फबाट सकिने समस्याको समाधान पनि गरेकाे उनकाे भनाइ छ ।

उनले भनिन्, 'गाउँघरका दिदीबहिनीका हरेक समस्याहरु छन् । कार्यक्रममार्फत सबै समस्या समाधान हुन्छ भन्ने पनि छैन ।' जनचेतनाका कार्यक्रमबाट  महिला दिदी बहिनीहरु लाभांवित र प्रभावकारी भएको उनको दावी छ ।

घरेलु हिंसा, महिला हिंसा, मानवअधिकारलगायत विभिन्न जानकारी साे कार्यक्रम  दिने गरेकाे उनले जानकारी दिइन् । 

तर नगरपालिकाले साे कार्यक्रम चालु आवमा समावेश नगरिएकाे उनकाे भनाइ छ । 'कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा दिदीबहिनीहरुसंग समन्वय गरी अगाडि बढाउने योजनामा छौँ,' उनले भनिन् । उपमेयरसंग दिदीबहिनी कार्यक्रममा लागि ५ लाख बजेट विनियोजन गरिसकेको छ ।

त्यस्तै, न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै जाँदा आफ्नो क्षेत्राअधिकारभित्रमा मुद्धा मेलमिलापमार्फत् छिनोफानो गरेको उनले बताइन ।

महिला दिदीबहिनीहरुको आर्थिक उपार्जनका लागि मेड्पा कार्यक्रमअन्तर्गत वडा नम्बर १, ४ र ७ का  सिपमुलक तालिम प्रदान गरिएको छ । साथै न्यायिक समितिको कार्यक्रममार्फत् १३ वटा माध्यमिक विद्यालयमा लागू आषैधी सम्बन्धी जनचेतनाका कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई कानूनी रुपमा सचेत गराएको उनले बताइन् ।