close

चिचिलाका ९९ जना ज्येष्ठ नागरिक सम्मानित

चिचिलाका ९९ जना ज्येष्ठ नागरिक सम्मानित

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको हो । 

गाउँपालिकाको प्रवक्ता बालकुमार तामाङका अनुसार पालिकाले वडास्तरमा विभिन्न कार्यक्रम गर्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । गाउँपालिकाको समृद्धिको लागि तत्कालीन समयमा विभिन्न योगदान पु¥याउनुका साथै आफूहरुलाई हुर्काउनु भएकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

सो सम्मानले ज्येष्ठ नागरिकलाई बाँच्नको लागि प्रेरणा मिल्नुका साथै विभिन्न ज्ञानसमेत सिक्न सक्ने विश्वास उनले व्यक्त गरे । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विगत तीन वर्षदेखि सम्मान गर्दै आएको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाले पहिलो वर्ष न्यानो कपडा, दोस्रो वर्ष थर्मस तथा चालु आवमा हर्किस र हर्लिक्स वितरण गर्दै आएको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकामा करिब १०० जना ज्येष्ठ नागरिकलाई चालु आवमा सम्मान गर्ने छ । गाउँपालिकामा क्रमश वडा नम्बर १ मा २१ जना, २ मा २१ जना, ३ मा १६ जना ४ मा १५ र ५ मा २६ जना गरी ९९ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उनको भनाइ छ । 

सम्मान कार्यक्रमको लागि गाउँपालिकाले चालु आवमा साढे दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला बालबालिका शाखाको कर्मचारी सम्मानको लागि जाने गरेको उनले सुनाए ।