close

अशक्तलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गुराँस

अशक्तलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गुराँस

Trulli
ADVERTISEMENT

दैलेख– गुराँस गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले अशक्त व्यक्तिलाई लक्षित गरी वडा मै पुगेर भत्ता वितरण गर्ने भएको हो ।

गाउँपालिका र बैंकबीच दुई पक्षीय सम्झौता हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले जानकारी दिए । अशक्त भएका व्यक्तिहरुलाई वडामै गएर सामाजिक सुरक्षा भत्ता बै‌किङ् प्रणालीबाट वितरण गर्न लागिएको अधिकृत दाहालले पालिकाखबरलाई जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म पनि बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण गरिदै आएको थियो । तर अशक्त भएका व्यक्तिलाई समस्या भएकोले वडा मै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा खुशी भएको उनले बताए ।

यसका साथै लोप हुन लागेका राउटे जातीहरुलाई पनि भत्ता वितरण गर्ने गरेको दाहाले बताए । राउटे समुदायका करिब १४० जनालाई भत्ता उपलब्ध गराउँदै आएको उनले सुनाए । तीन/तीन महिनामा चार हजारका दरले भत्ता दिने गरेको उनको भनाइ छ ।