close

एकल पुरुषलाई भत्ता वितरण गर्ने योजनामा बित्थडचिर

एकल पुरुषलाई भत्ता वितरण गर्ने योजनामा बित्थडचिर

Trulli
ADVERTISEMENT

बझाङ– बित्थडचिर गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले ५० वर्ष उमेर पुरा भइ अन्य सामाजिक सुरक्षाको दायरामा नआएका एकल पुरुषलाई भत्ता वितरण गर्ने भएको हो ।

गाउँपालिकाको एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८० बमोजिम ५० वर्ष उमेर पुरा भएका एकल पुरुषलाई भत्ता वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रमेश बिष्टले पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार पालिकाभित्रका ५० वर्ष पुरा भएका तर अन्य सामाजिक सुरक्षाको दायरामा नआएका पुरुषलाई प्रति महिना ५०० रुपैयाँका दरले भत्ता वितरण गरिन लागिएको हो ।

एकल पुरुषलाई सहज होस भनेर भत्ता वितरण गर्न सूचना जारी गरेको गाउँपालिकाले जनाएको छ । साथै, गाउँपालिकाले गत वर्ष पनि ६३ जना एकल पुरुषलाई भत्ता उपलब्ध गराएको उनले बताए । एकल पुरुष भत्ताका लागि चार लाख रुपैयाँ बजेट वितरण गरेको छ ।