close

वडा कार्यालयमा नै स्तनपान कक्ष

वडा कार्यालयमा नै स्तनपान कक्ष

Trulli
ADVERTISEMENT

तनहुँ– आल्मोनियमको ढोकासहितको एउटा सानो कोठा । ढोकाको छेउमा लेखिएको छ, ‘स्तनपान कक्ष’ । कक्षभित्र डस्ना, सिरानी र तन्दासहितको सानो पलङ राखिएको छ । 

यो दृश्य म्याग्दे गाउँपालिका वडा नं ५ को कार्यलय भवन भित्रको हो । वडा सरकारले २५ हजार रुपैयाँ बजेट विनियोजन गरेर कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेको छ । 

विशेषगरी स्तनपानमा संलग्न वडाका  सेवाग्राहीलाई सहज र आरामदायी तवरले स्तनपान गराउन सक्ने गरी सो कक्ष तयार गरेको वडाध्यक्ष शिव बहादुर आलेले बताए । जन्मदर्ता लगायतका वडाका सेवा लिन आउने गरेका स्तनपान गराउने महिलाहरुलाई समस्या भएपछि वडाले स्तनपान कक्षकाे लागि बजेट छुट्याएर निर्माण गरेको उनले बताए ।  

स्तनपान कक्षको अभावमा आमाहरुले वडाध्यक्षको कार्यकक्षमा समेत स्तनपान गराउनुपर्ने बाध्यता थियो । आफ्नै अगाडि स्तनपान गर्दा असहज परिस्थिति सृजना भएपछि स्तनपान कक्ष आवश्यकता महसुस भएको वडाध्यक्ष आलेले बताए ।  वडा कार्यालयको सानो खाली ठाउँलाई सदुपयोग गर्दै स्तनपान कक्ष बनाएको उनले पालिकाखबरलाई सुनाए । स्तनपान कक्ष सञ्चालनमा आएसँगै सेवाग्राहीलाई सहज भएको छ ।